आज काठमाडौंमा थपिए १०६ जना कोरोना संक्रमित

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ३४


काठमाडौं । काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १०६ जनामा संक्रमण देखिएको हो ।

लकडाउन खुलेपछि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा संक्रमितको संख्या बढेको उनले जानकारी दिए ।

पहिलो विदेशबाट आउने र उनीहरुको सम्पर्कमा रहेकाहरुमा मात्र कोरोना देखिएकोमा अहिले स्थानीय स्तरमा संक्रमण देखिन थालेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्