आज ४सय ६४ कोरोनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : २९


काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज ७ हजार ९ सय २६ पीसीआर टेस्ट गरिएको छ भने संक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको उनले जानकरी दिए ।

पछिल्लो २४ घन्टामा ४ सय २५ डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार ८ सय १४ जना कोरोना निको भएर घर गएका छन् ।


प्रतिक्रिया दिनुहोस्