न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गर्ने तयारी

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : १५


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्तीमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिल गरिने बताए ।

‘जहाँजहाँ संक्रमण देखिन्छ, स्वास्थ्य मन्त्रालयको सिफारिसमा त्यहाँ सिल गर्ने हो,’ उनले भने।

महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए ।

प्रहरी स्रोतका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गर्न लागिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार बैठक गरी संक्रमित देखिएका स्थानमा सिल गर्न निर्णय गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्