कोरोना महामारीका बीच नेपालको यो ठाँउका विद्यालय खुले

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ५७


सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्।

कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन्। बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन्।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताए।

अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्