कृष्णाष्टमीका दिन पाटनको कृष्ण मन्दिर बन्द रहने

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : २६


काठमाडौं । कृष्णजन्माष्टमीको दिन यसपटक पाटनको कृष्ण मन्दिर बन्द हुने भएको छ।

ललितपुर महानगरपालिकाले एक विज्ञप्ति मार्फत बन्द रहने जानकारी दिएको छ।

प्रत्येक वर्ष भव्य रुपले मनाइने भगवान श्रीकृष्णको जन्माष्टमी यसबर्ष साउन २७ गते परेको छ।

कोरोना महामारीका कारण देशभरका अधिकांश मन्दिर बन्द रहने छन्।


प्रतिक्रिया दिनुहोस्