‘ओ’ सट्टा ‘बी’ पोजेटिभ रगत चढाएपछि सुत्केरीको मृत्यु, दुई जना डाक्टर पक्राउ

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : १५


जनकपुर । फरक समूहको रगत चढाउँदा जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि दुई जना चिकित्सक पक्राउ परका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद भट्टराईले अस्पतालका दुई चिकित्सकलाई पक्राउ गरि थप अनुसन्धान शुरु गरिएको जानकारी दिए । उनले दोषीलाई कारबाही गर्ने बताए ।

जनकपुरस्थित राजमजानकी अस्पताल र रेडक्रस सोसाइटीको गम्भीर लापरबाहीले एक सुत्केरीको ज्यान गएको हो ।

‘ओ’ पोजेटिभ चढाउनु पर्नेमा ‘बी’ पोजेटिभ रगत चढाउँदा महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो।

सुत्केरी व्यथा लागेपछि ती महिलालाई बिहीबार अपरान्ह ४ बजे जनकपुरको जानकी मन्दिर पछाडि रहेको रामजानकी हस्पिटल प्रालिमा भर्ना गरिएको थियो।

अस्पतालमा भर्ना भएको केही समयपश्चात शल्यक्रियामार्फत उनले छोरी जन्माएकी थिइन्। शरीरमा रगत अभाव हुँदा अस्पतालले महिलाको रगत नमूना लिएर उनका आफन्तलाई रेडक्रसमा पठाएका थिए।

रेडक्रसले दिएको दुई पोका रगत चढाएपछि मात्रै एकपोका बी पोजेटिभ भएको थाहा भएको थियो। बी पोजिटिभ रगत चढिसकेको कारण त्यसले रिएक्सन गरेको र सुत्केरीको अवस्था गम्भीर भएर राति ८ बजे मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस्