कोरोनाका कारण पाटन अस्पतालमा थप दुई जनाको मृत्यु

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ५४


काठमाडौं । कोरोना संक्रमणका कारण पाटन अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए ।

सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर थियो भने सर्लाही घर भएका पुरूषलाई कुकुरले टोकेको थियो । पुरुषको विहान साढे ९ बजे तथा महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि विहीबार साँझ पाटन अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालमा ७१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्