दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन, दु:ख सम्झेर होइन !

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : १९


जीवनमा सफलता पाउनका लागि जीवन उपयोगी भनाइहरुलाई स्मरण गर्नु उपयुक्त हुन्छ ।

त्यसका लागि महान व्यक्तिहरुका भनाइ, दार्शनिकहरुका विचार र समाजमा पहिलादेखि चलिएका भनाइलाई मनन गर्दा जीवनमा सफलता पाउन सकिन्छ ।

त्यस्ता भनाइले तपाईलाई सत मार्गमा लाग्न अभिप्रेरित गर्छन ।

आज हामी यहाँ यस्तै केही भनाइहरु राख्दैछौं । जसलाई मनन गर्नुभयो भने जीवनमा सफल बन्न सहयोग मिल्छ ।

१. दुख र पीडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जुन बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।

२. मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।

३. तपाई मिठो खानासँग नडराउनुहोस्, तर मिठास बोलीसँग पक्का डराउनुहोस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको हुन्छ ।

४. साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

५. घमण्डले मानिसलाई केही समयसम्म त ठूलो बनाउँला तर महान भने कहिल्यै बनाउन सक्दैन ।

६. दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दु:ख सम्झेर होइन ।

७. बुद्धि नहुनेहरु बल देखाउँछन् भने बद्धि हुनेहरु दिमाग लगाउँछन् ।
८. मान्छेको तागत र शक्ति हेरेर होइन उसको वुद्धि र विचार हेरेर काम गर्नुहोस् ।
९. संसारको समस्या त्यही हो, मान्छेले समाज बदल्ने कुरा गर्छ, ठूलो आवाजमा तर आफु चाहिँ जस्ताको त्यस्तै ।

१०. केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही असम्भव छैन ।


प्रतिक्रिया दिनुहोस्