दुई तिहाई बहुमत पाएपछि श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेलाई ओलीले गरे फोन

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : ४१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली प्रधानमन्त्री महिन्द राजपाक्षेलाई बधाइ दिएका छन् ।

श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा विजय प्राप्त गरेको भन्दै ओलीले राजपाक्षेलाई बधाइ एवं शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राजपाक्षेलाई टेलिफोन गरि बधाइ दिएको ट्वीटमार्फत जानकारी दिए ।

ओलीले सानदार जीतका लागि नेपाल सरकार र नेकपाको तर्फबाट राजपाक्षेलाई बधाइ र सफल कार्यकालको लागि शुभकामना दिएको दिएको उल्लेख गरेका छन् ।

श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राजपाक्षेको दल श्रीलंका पीपल्स फ्रन्ट र साझेदार दलहरुले दुई तिहाई बहुमत प्राप्त गरेका छन् ।

उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ भने उसको समर्थमा रहेका अन्य दलले पाँच स्थानमा जित हात पारेका छन् ।

पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घले नेतृत्व गरेको प्रतिपक्षी दल नराम्ररी पराजित भएको छ।


प्रतिक्रिया दिनुहोस्