विवादित भूमिबाट पछि हट्न भारतलाई चीनको प्रस्ताव 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २१


नयाँ दिल्ली । हालैका दिनमा भएका हिंस्रक झडपपछि पूर्वी लद्दाखमा भारत र चीनबीच विवाद मिलाउन पहल जारी छ।

भारतीय सञ्चार माध्यमका अनुसार हालै भारत र चीन बीचका लेफ्टिनेंट जनरल स्तरका अधिकारीहरूबीच ५ औं चरणको सम्पन्न भएको छ।

तर, चीनले उक्त भूमीबाट कुनै हालतमा पछाडी नहट्ने अडान लिएको छ।

५ औं चरणको वार्ता आइतबार चिनियाँ भूमिमा अवस्थित मोल्डो-चुशुल सिमाना चौकीमा भएको थियो।

१० घण्टासम्म चलेको उक्त छलफलमा चीनले भारतलाई पैङगोङग त्सो भन्ने स्थानबाट पछाडी हट्न सुझाव दिएको छ। भारतले चीनको उक्त प्रस्तावलाई अस्वीकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

भारतले फिंगर ८ सम्मको भूमीलाई आफ्नो जमिन बताउँने गरेको छ। त्यहाँबाट मात्र एलएसी सूरु हुने भारतको दाबी छ। उक्त भूभागसम्म भारतीय सैनिकले गस्ती गर्दै आएका थिए। तर, चीनले फिंगर ४ बाटै पछि हट्न भनेको हो।

फिंगर ४ सम्मको क्षेत्र अहिलेपनि भारतीय सेनाको नियन्त्रणमा छ। तर, मे महिनामा चिनियाँ सेना फिंगर ४ सम्म पुगेको थियो। पछि वार्तापछि फिंगर ५ मा फर्केको थियो।

फिंगर ८ सम्म गस्ती गर्न भारतीय सेनालाई चिनियाँ सेनाले अहिले दिएको छैन।

विवादपछि हालै भारतीय राष्ट्रीय सुरक्षा सलाहकार अजित डोभलको अध्यक्षतामा रहेको चीन स्टडी ग्रुपले चीनको प्रस्तावबारे अध्ययन गरेको थियो।

त्यस पछि भारतीय सेनाले चीनलाई हटलाइन मार्फत उसको प्रस्ताव स्वीकार्य नरहेको जनाएको छ।

आइतबारको वार्तामा चीन पैङगोङग त्सो भन्ने क्षेत्रबाट पछाडी नहट्ने कुरामा अडिग छ।

भारतले एलएसीमा तनाव कम गर्न चीनलाई पछि हट्न भनेको थियो। तर, चीनले नै भारतलाई पछि हट्न प्रस्ताव राखेको हो।

पैङगोङग त्सो क्षेत्रमा मे ५ ६ तारिखमा भारत र चिनियाँ सेना बीचमा हिंसात्मक झडप भएको थियो।

झडपपछि भएका सहमतिलाई पनि चिनियाँ पक्षले पालना नगरेको भारतको आरोप छ।


प्रतिक्रिया दिनुहोस्