नेकपा प्रवक्तामाथि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको हमला!

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ४८


काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिएका छन।

नेकपा विवादमा प्रधानमन्त्री ओलीको आलोचना गर्दे आएका नेता श्रेष्ठलाई बिष्णु रिमालले सामाजिक सन्जाल मार्फत लाज त जोगाउनुस भन्दै चेतावनी दिएका छन्।

पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई मिलाउन भूमिका खेलेको चर्चा भइरहेका बेला सल्लाहकार रिमालले आक्रोशपूर्ण ट्विट गरेका हुन।

विधि र पद्दतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई रिमालले आग्रह गरेका छन्।

रिमालले लेखेका छन्- ‘इनफ इज इनफ नारायणकाजी जी। कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधी र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसुस होस्!’

 


प्रतिक्रिया दिनुहोस्