आलोपालो प्रधानमन्त्री बन्ने विषय समाप्त भइसक्यो, ओलीले राजीनामा दिन हुँदैन : रायमाझी

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : २४


अर्घाखाँची । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।

अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने पहिले सहमतिको विषय समाप्त भइसकेको बताए ।

सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

कोरोना महामारी नियन्त्रण तथा सीमा विवाद समाधानका लागि लाग्नु पर्ने पार्टी नेतृत्व पदीय लेनदेनमा फसेको टिप्पणी गरे । उनले पार्टीमा देखिएको अन्तरविरोध भन्दा पनि जनताका समस्या ठूला भएको बताए ।

उनले व्यक्ति भन्दा संगठन र पार्टी ठूलो भएको बताउँदै पार्टीलाई फुटबाट जोगाउन सबै लाग्नु पर्ने बताए ।

पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्