पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ५८


काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

४५ वर्षीय पुरूषको बिहीबार साँझ मृत्यु भएको हो । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार उनी मधुमेह र रक्तचापका बिरामी थिए ।

स्टार अस्पतालमा उपचार गरिरहेका उनमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल रिफर गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्