कोरोना भाइरस संक्रमणबाट सिरहाका २२ वर्षीय युवकको मृत्यु

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ४१


गोलबजार । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिरहाका १ जना युवकको मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राति सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराउँदै आएका उनमा बुधबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।


प्रतिक्रिया दिनुहोस्