कोरोना भाइरसबाट विश्वभर ७ लाख बढीको मृत्यु, संक्रमितको संख्या १ करोड ८६ लाख नाघ्यो

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : १०


काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९)का कारण विश्वभर गरी ७ लाख बढीको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो अपडेटका अनुसार कोरोना संक्रमणबाट विश्वभर ७ लाख २ हजार ६ सय ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर गरी कोरोना भाइरसका २ लाख ५९ हजार ३ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । जसअनुसार विश्वभर गरी कूल संक्रमितको संख्या १ करोड ८६ लाख १४ हजार १ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वभरमध्ये संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ४७ लाख २८ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ५० पुगको छ ।

कोरोना भाइरसबाट अमेरिकापछि ब्राजिल सबैभन्दा बढी प्रभावित छ । ब्राजिलमा हालसम्म २८ लाख १ हजार ९ सय २१ जनामा कोरोनाको संक्रमण देखिएको छ । मृत्यु हुनेको संख्या ब्राजिलमा ९५ हजार ८ सय १९ पुगेको छ ।

यस्तै, नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरसबाट प्रभावित विश्वभरका मुलुकमध्ये तेस्रो स्थानमा छ । भारतमा हालसम्म १९ लाख ६४ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ६ सय ९९ छ ।


प्रतिक्रिया दिनुहोस्