मदन पुरस्कारका लागि छानिए ७ पुस्तक

प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार


काठमाडौं । मदन पुरस्कार गुठीले १५१ मध्येबाट ‘मदन पुरस्कार २०७६’ का लागि ७ पुस्तकहरू छनौट गरेको छ।

नेपाली साहित्यमा प्रतिष्ठित मानिने मदन पुरस्कारका लागि ७ वटा पुस्तक छानिएको हो।

गुठीका अनुसार यस वर्षको मदन पुरस्कारका लागि १५१ वटा पुस्तकहरू प्राप्त भएका थिए।

ती मध्ये, जोकरको बन्दुक, धर्सैधर्साको चक्रव्युह, परित्यक्ता, महारसनिघण्टु(खण्ड १-३), महारानी, मोहपथ र यात्रामा गरि ७ वटा पुस्तक छनौट भएका छन्।

छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार दिइने छ।


प्रतिक्रिया दिनुहोस्