तीनकुनेस्थित बागमती खोलमा भेटियो शव

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा शव भेटिएको छ ।

मंगलबार दिउँसो दुई बजेतिर भीएस निकेतन स्कुल अगाडीको बागमती खोलामा एक पुरुषको शव भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले करिब २५ देखि ३० वर्षका पुरूषको शव भेटिएको जानकारी दिए । खोलामा वग्दै आएको शव कसको हो भन्ने पहिचान भइनसकेको उनले बताए ।

शवलाई खोलाबाट बाहिर निकालेर मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/