सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, हेर्नुहोस् कतिले बढ्यो ?

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडौं । नेपाली बजारमा लगातारजसो बढिरहेको सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ बढेर मंगलबार (साउन २०) गते सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य ९९ हजार ६ सय थियो । मंगलबार तोलामा २ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय पुगेको छ ।

यस्तै, अघिल्लो दिन ९९ हजार १ सय ६० रुपैयाँ प्रतितोला रहेको तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला २ सय ५ रुपैयाँ बढेर ९९ हजार ३ सय ६५ पुगेको छ ।

मंगलबार चाँदीको मूल्यमा भने कुनै फरक आएन । सोमबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार पनि त्यति नै कायम छ ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/