कोरोना संक्रमण बढेको भन्दै रामचन्द्र पौडेलले बन्द गरे भेटघाटका कार्यक्रम

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम रोको छन् ।

एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलको सचिवालयले कोरोना महामारीमा सचेत र सजक रहन भन्दै तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको छ।

‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ। काम परेमा भर्चुअल बैठक र टेलिफोनबाट कुराकानी गर्न पौडेलको सचिवालयले आग्रह गरेको हो।


प्रतिक्रिया दिनुहोस्