सशस्त्र प्रहरीका डीएसपीसहित १३१ कर्मचारीमा कोरोना संक्रमण

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडौं । देशका विभिन्न ठाउँमा गरी सशस्त्र प्रहरी बल नेपालका १ सय ३१ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालका अनुसार संक्रमित हुनेमा एक जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पनि छन् ।

देशभर गरी सबैभन्दा बढी ९६ जना इलामा जिल्लामा खटिएका सशस्त्र प्रहरी कर्मचारी संक्रमित छन् । यस्तै झापामा ३३ जना, बाराका १ र काठमाडौंका १ जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएकामध्ये ६८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् । संक्रमण देखिएकाहरु देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन र आइसोलेशनमा छन् ।

संक्रमण देखिएका स्थानमा अन्य युनिटबाट कर्मचारी खटाएर काम कारबाही यथावत रुपमै सञ्चालन गरिएको डीआईजी अर्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्