लकडाउनबारे सुझाव लिन प्रधानमन्त्री परामर्शमा, स्वास्थ्य विज्ञको टोलीसँग छलफल गर्दै

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला अबको विकल्पबारे स्वास्थ्यविज्ञसँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाथ्यसहितका क्षेत्रका विज्ञलाई बोलाउनुभएकाे छ ।

उपत्यकासहितका क्षेत्रमा संक्रमण तीव्र भएका बेला विभिन्न क्षेत्रबाट लकडाउन पुनः लागु गर्नु पर्ने आवाज आइरहेका बेला प्रधानमन्त्री ओलीले विज्ञसँग अबको विकल्पबारे छलफल गर्न लागेकाे बताइएकाे छ ।

छलफलका लागि प्रधानमन्त्री ओलीले स्वाथ्यसहितका क्षेत्रका विज्ञलाई बोलाएको र मंगलबार बिहान ११ बजेपछि परामर्श हुने जानकारी प्राप्ता भएकाे छ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/