क्वारेन्टिनका सुरक्षागार्डले गरे शरीरमा मट्टीतेल खन्याएर आत्महत्या

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा सुरक्षा गार्डको काम गर्दै आएका एक युवकले मंगलबार आत्महत्या गरेका छन् । देवदह–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले करिब ३ बजेको समयमा आफैंले शरीरमा मट्टीतेल खन्याएर आत्महत्या गरेका हुन् ।

बस्याल देवदह नगरपालिका–७ शित्तलनगरस्थित मगर संघ भवनमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरका अनुसार आगोले जलेर गम्भीर घाइते भएका बस्यालको उपचारका लागि अस्ताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हाे । आत्मदहको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्