तालिम गर्दागर्दै समुद्रमा डुबेर ९ अमेरिकी नौसैनिकको मृत्यु

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडाैं । अमेरिकाको क्यालिफोर्नियास्थित समुद्रमा प्रशिक्षणमा सामेल भएका ९ जना प्रशिक्षार्थी नौसैनिकको डुबेर मृत्यु भएको छ । उनीहरु प्रशिक्षणको दौरानामा समुद्रमा डुबेका थिए । तालिम गर्दागर्दै डुबेका उनीहरुमध्ये एक जनाको शव तीन दिनपछि भेटिएको थियो ।

अमेरिकी नौसेनाका लेफ्टिनेन्ट जनरल जोसेफ आस्टरमैनका अनुसार बिहीबार सान क्लेमेन्ट टापुबाट फर्किने क्रममा मरिन क्राफ्ट दुर्घटना भएको थियो । सोही दुर्घटनामा ९ जना प्रशिक्षार्थी डुबेका थिए । उनीहरुको खोजीमा हेलिकप्टर र डुंगाको प्रयोग गरिएको थियो । शुरुमा एक जनाको शव भेटिए पनि बाँकी ८ जनालाई पनि मृत घोषित गरिएको छ ।

मरिन क्राफ्ट समुद्रमा हुने लडाईका लागि प्रयोग हुने जहाजको वरिपरी निगरानी र सैनिक कार्वाही प्रयोग गरिने गरिन्छ । डुबेका सबै प्रशिक्षार्थी सैनिक नौसेनाको क्याम्प पेन्डलटन इकाईमा संलग्न थिए ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/