भ्रष्टाचार अभियोगमा जोडिएका स्पेनका पूर्व राजाले देश छाड्दै

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


काठमाडाैं । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको छ । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् । उनी कुन देशम गएर बस्छन् भन्ने विषय भने खुलाइएको छैन ।

८२ वर्षका पूर्व राजा ख्वान कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका हुन् । फेलिपेलाई ६ वर्षअघि ख्वानले सत्ता हस्तान्तरण गरेका थिए । पूर्व राजा ख्वानले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको बताएका छन् ।

गएको जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/