हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार


काठमाडौं । आज सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर ९९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज पनि ९९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार सुनको भाउसँगै चादीको भाउ पनि स्थिर रहेको छ । चाँदी आज तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/