आज पनि बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार


काठमाडौं । आज फेरि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा ३०० रुपैयाँ बढेर छापावाल सुनको भाउ तोलाको ९९ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार आज चादीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/