वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ।

नारायणी वयोधा अस्पतालमा हिजो मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

बयोधा अस्पतालमा साउन १४ गते भर्ना भएकी उनको हिजो विहान मृत्यु भएको थियो।

स्वाब संकलन गरी हिजोनै पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाईएको थियो। रिपोर्ट आउनु अघि नै उनको मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट वीरगञ्जमा मात्रै ११ जनाको निधन भइसकको छ। योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्