नेपाललाई सघाउन चीन तयार : राष्ट्रपति सी

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई सघाउन चीन तयार रहेको बताएका छन्।

नेपाल–चीन दौत्य सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा राष्ट्रपति सीले शुभकामना सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न चीन तयार रहेको बताएका छन्।

राष्ट्रपति सीले जारी गरेको सन्देशमा भनिएको छ, ‘नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ।’

राष्ट्रपति सीले आफ्नो मुलुक नेपाललाई सघाउन र असल छिमेकीको सम्बन्ध राखिरहन तयार रहेको उल्लेख गरेका छन्।

दौत्य सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगतिपथमा अगाडि बढाउन सकियोस् भन्ने विश्वास व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाहले जनाएको छ।

राष्ट्रपति सीले दुई देशलाई बढी फाइदा पुर्याउन र क्षेत्रीय स्थिरता र विकासमा सकारात्मक योगदान पुर्याउनका लागि नेपालसँग काम गर्न चीन तयार रहेको समाचारमा उल्लेख छ।

यस्तै, नेपालकी राष्ट्रपति विद्या भण्डारीले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदै जाने विश्वास व्यक्त गरेकी छिन्।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोरोना भाइरस महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस्