उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण फेला परेको छ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा ५ र भक्तपुरमा १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंमा १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका ६ जनामा संक्रमण भएको पाइएको हो।

योसँगै अब काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा देभशर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २००८६ पुगेको छ।

आज थप ९३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १४४९२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्