प्रेम सञ्जेलमाथि कुटपिट

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार


काठमाडौं । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ।

सन्जेलमाथि शनिवार कार्यकक्षमै कुटपिट भएको हो। कुटपिटबाट सन्जेलको टाउको र मुखमा चोट लागेको छ।

कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले श्रम कार्यालयकै २ सहयोगीलाई नियन्त्रणमा लिएको छ।

करारमा कार्यरत ती कर्मचारीले सन्जेलले आफूलाई काममा धेरै दुःख दिएको आरोप लगाएका छन्।

सन्जेलमाथि किन हातपात भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सन्जेल भ्रष्टाचार विरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्