दक्षिण अफ्रिकामा एक नेपालीको निधन

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । दक्षिण अफ्रिकामा एक नेपाली युवकको मृत्यु भएको छ।

दक्षिण अफ्रिकाको जोहन्सवर्गमा कार्यरत नेपाली युवक ३४ बर्षका बोखिम लिम्बुको निधन भएको छ।

लिम्बु नेपालको पाँचथरका वासिन्दा थिए। उनको निधन के कारणले भयो भन्नेबारे थाहा हुन नसकेपनि कोरोना भाइरस संक्रमणको कारण भएको हुनसक्ने आशंका गरिएको छ।

निधन भएका उनको स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएको छ।

कोरोनाको रिपोर्ट भोलि सम्म आइ पुग्ने जनाइएको छ।

एनआरएनए अन्तरराष्ट्रियका पूर्व कोषाध्यक्ष हिक्मत थापाले उनको मृत्यु भएको पुष्टि गरेका छन्।

लिम्बु दक्षिण कोरियामा एक वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस्