विप्लवका रुपन्देही इन्चार्ज सहित एक दर्जन कार्यकर्ता पक्राउ

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला इन्चार्ज सहित एक दर्जन नेता कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन्।

रूपन्देही जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायत पक्राउ परेका हुन।

शुक्रबार स्थानीय जनतासँग छलफलमा सहभागी भइरहेको बेला प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको विप्लव नेकपाले जनाएको छ।

प्रहरीले उनीहरु पक्राउ परेको जनाएपनि विस्तृत विवरण खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस्