रक्सीको अभाव भएपछि सेनेटाइजर पिउँदा १० जनाको मृत्यु

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ५३


नयाँ दिल्ली । भारतको आँन्ध्र प्रदेशमा लकडाउनका कारण सेनेटाइजरको रक्सी बनाएर पिउँदा १० जनाको ज्यान गएको छ।

उक्त घटनापछि शहरको सेनिटाइजर स्टकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मानिसहरुको मृत्यु भएपछि राज्य सरकारले न्यायिक छानबिनको आदेश दिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

आन्ध्र प्रदेशको प्रकाशम जिल्लाको कुरीचेदु गाउँमा सेनेटिजाइटर पिउँदा १० व्यक्तिको मृत्यु भएको हो।

लकडाउनका कारण रक्सीको अभाव भएपछि ती व्यक्तिहरुले सफ्ट ड्रिक्समा सेनिटाइजर मिसाएर सेवन गर्दै आएका थिए।

उनीहरुले सेनिटाइजरलाई कुनै विषादी पदार्थसँग मिसाएर सेवन गरेको आशंका गरिएको छ।

मृतकको परिवारका अनुसार यी व्यक्तिहरु पछिल्लो १० दिनदेखि सेनिटाइजर पिइरहेका थिए।

उक्ट घटनापछि शहरमा बिक्री हुँदै आइरहेको सेनिटाइजरको स्टकमाथि अनुसन्धान गरिनेछ।


प्रतिक्रिया दिनुहोस्