कोरोनाविरुद्ध लड्ने क्षमता बढाउन बृद्धबृद्धालाई भिटामिन सी वितरण

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ६० वर्ष उमेर माथिका वृद्ध वृद्धालाई भिटामिन सी वितरण गर्न थालेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत ६० वर्ष माथिका वृद्धवृद्धालाई भिटामिन सी वितरण गर्न थालिएको हो ।

रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि भिटामिन सी वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेशकुमार मिश्रले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट दीर्घरोगी र वृद्धवृद्धालाई बढी जोखिम देखिएपछि उनीहरुको सुरक्षा गर्न यस्तो कार्यक्रम ल्याइएको स्वास्थ्य शाखा प्रमुख मिश्रको भनाइ छ ।

गाउँपालकाको वडा नम्बर ७ बाट शुरु भएको भिटामिन सी वितरण कार्यक्रम गाउँपालिकाका ८ वटै वडामा पुर्‍याइने मिश्रले बताए ।

गाउँपालिकामा कुल १ हजार ६ सय ४ जना वृद्धवृद्धा रहेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्