आज थपिए काठमाडौंमा ३८ जना कोरोना संक्रमित

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ०९


काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको छ।

शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।

शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्