विषालु रक्सी सेवन गर्दा भारतमा २१ जनाको मृत्यु

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : ३२


अमृतसर । भारत पन्जाबको अमृतसरमा विषालु रक्सी पिउँदा २१ जनाको मृत्यु भएको छ।

अमृतसर, बटाला र तरनतारान क्षेत्रमा विषालु रक्सी पिउँदा २१ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीले विषालु रक्सी उत्पादन गर्ने केही व्यक्तिलाई पक्राउ गरेको छ। विषालु रक्सी सेवनपछि जुन २९ मा ५ जनाको मृत्यु भएको थियो।

हालसम्म उक्त रक्सी सेवनका कारण ३१ जनाको ज्यान गएको छ। रक्सी सेवन भएपछि गम्भीर बिरामी रहेका अन्य केही व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ।

भारतीय प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्