डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : २१


काठमाडौं । सवारी दुर्घटनाका क्रममा घाइते भएकाहरुको उपचारमा संलग्न डडेल्धुरा अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार भएको छ ।

बिहीबार साँझ डडेल्धुरा सदरमुकाम बागबजार नजिक भएकाको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको हो ।

बिहीबार साँझ अस्पतालको आकस्मिक कक्षमा उपचार चलिरहेका बेला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिएका छन् ।

‘दुर्घटनामा घाइते सिकिस्त घाइते भएका बिरामीको उपचारका क्रममा भीड हुने गरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भीड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएको छ,’ विष्टले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ।

चिकित्सकमाथि हातपातको प्रयास गर्ने तथा दुर्व्यवहार गर्नेहरुमाथि कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गरिएको पनि निमित्त मेसु विष्टले विज्ञप्तीमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्