‘इनफ इज इनफ’का अभियान्ता बालुवाटारबाट पक्राउ

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । कोरोना परीक्षणको दायर बढाउनुपर्ने माग गर्दै अनसनमा बसेकाको माग सम्बोधन गर्न दवाव दिन बालुवाटार पुगेका अभियायन्ताहरु पक्राउ परेका छन् ।

अनसनकर्ताको माग सम्बोधन गर्द दवाव दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसर पुगेको ‘इनफ इज इनफ’का अभियान्ताहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना समेत छिन् ।

पक्राउ परेकाहरुलाई प्रहरीले महानगरीय प्रहरी बृत्त रानीपोखरीमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्