यस वर्षको गाइजात्रा हेर्नुस्, मजाले हास्नुस् (भिडियोसहित)

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । कोरोना भाइरस महामारीका कारण यस वर्षको गाइजात्रा महोत्सब खुल्ला रुपमा हुन सकेन ।

यसअघि प्रज्ञाप्रतिष्ठानमा हुने गरेको हास्य व्यंगको कार्यक्रम गाइजात्रा यसपटक महामारीका कारण हुन सकेन ।

सरकारले धेरै मानिसलाई एकै स्थानमा जम्मा हुन प्रतिबन्ध लगाएको छ भने सिनेमाघर, नाटकघर लगायतका स्थलहरु बन्द हुँदा वार्षिक रुपमा हुँदै आएको गाइजात्रा सञ्चालन हुन नसकेको हो ।

गाइजात्रा सञ्चालन खुल्ला रुपमा हुन नसको भएपनि हास्य कलाकारहरुले टेलिभिजन र यूट्युव च्यानलमार्फत हास्य व्यंग कार्यक्रम गाइजात्रा सञ्चालन गरेका छन् ।

हास्यकलाकार मनोज गजुरेलले गाइजात्रा विशेष कार्यक्रम सञ्चालन गरेका हुन् ।

पहिलो दिनको कार्यक्रममा मनोज गजुरेलले हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र मदनकृष्ण श्रेष्ठलाई ल्याएका छन् ।

गाइजात्रामा विशेषगरि राजनीतिक, सांस्कृतिक कुरिती र विशंगतीमाथि चोटिलो प्रहार गर्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्