धुर्मुस र गजुरेल किन बने पाइलट ?

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


हास्य कलाकार मनोज गजुरेल र सिताराम कट्टेल (धुर्मुस) पाइलट बनेको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ ।
मनोज र सितारामले आगामी २२ गतेसम्म मात्र प्लेन उडाउने अनुमती लिएका छन् ।

उनीहरु दुई जना पाइलट कहिले बने ? भन्ने प्रश्न तपाईको मनमा आउन सक्छ । उनीहरु त्रिभुवन विमानस्थल पुगेरै विमान उडाउने पाइलट भने बनेका होइनन् ।

सत्तारुढ दल नेकपामा दुई पाइलटले हाक्ने एकीकरणका बेला अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए । तर दुई पाइलटले उडाएको नेकपा रुपी जहाजमा पछिल्लो समय समस्या देखिएको छ । त्यसलाई गाइजात्रामा प्रस्तुत गर्न उनीहरु पाइल्ट बनेका हुन् ।

साउन १५ गतेबाट शुरु भएको ‘गाईजात्रा विशेष कार्यक्रम’उनीहरु पाइलट बनेका हुन् । गाइजात्रामा यसपटक उनीहरुलाई फरक भुमिका देख्न सकिन्छ ।

‘गाईजात्रा विशेष कार्यक्रम’ एपीवान टेलिभिजन बेलुका ८ बजेदेखि ९ बजेसम्म हेर्न सकिने छ भने गजुरेल युट्युव च्यानलबाट ९ बजेपछि हेर्न सकिने छ । त्यस्तै मनोज गजुरेललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अवतारमा पनि देख्न सकिने छ ।

यस गाइजात्रा कार्यक्रममा यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ ।


प्रतिक्रिया दिनुहोस्