आज पनि बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ काराेबार ?

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ५९


काठमाडौं । नितरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारभन्दा २५ रुपैयाँले घटेर चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्