कुवेत प्रवेश गर्न नेपालीमाथि प्रतिबन्ध

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ०५


काठमाडौं । कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः शुरु गर्ने निर्णय लिएको छ ।

बिहीबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका नागरिक बाहेक अन्य देशमा बस्ने कुवेती नागरिक र प्रवासीको आवतजावतमा अनुमति दिएको छ ।
-बीबीसी


प्रतिक्रिया दिनुहोस्