भारतमा काेराेना संक्रमितकाे नयाँ रेकर्ड कायम, एकै दिन थपिए ५४ हजार बढी नयाँ संक्रमित

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ३०


काठमाडौं । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै जान थालेको छ । यससँगै पछिल्लो २४ घन्टामा भारतमा नयाँ संक्रमितको संख्या ५४ हजार ९ सय ६६ थपिएका छन् । उक्त संख्या अहिलेसम्म भारतमा एकैदिन देखिएको सबैभन्दा धेरै संख्या हो ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्