वीरगन्जमा कोरोनाका कारण फेरि एक जनाको मृत्यु

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १० : ३८


काठमाडौं । वीरगन्जमा फेरि एक जनाको कोरोना संक्रमणका कारण निधन भएको छ।

बिहिबार राति पौने ८ बजे वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

ज्वरो आउने तथा श्वासप्रस्वासमा समस्या भएपछि साउन ५ गते गण्डक कोरोना अस्पताल पुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज निधन भएको हो।

उनको रिपोर्ट पोजेटिभ आएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

वीरगञ्जमा यसै हप्ता मात्र नौ जनाको मृत्यु भएको छ।

कोभिड १९ का लागि वीरगञ्जको एक मात्र अस्पतालले भार थेग्न नसक्ने भइसकेको छ।

समुदायस्तरमा कोरोना फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्