वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : १७


काठमाडौं । समदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

यसैबीच, वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सरावगीले आफूलाई पुष्टि भएको आफ्नो फेसबुक पेजमार्फत गरेका जानकारी दिएका छन् ।

५४ वर्षीय मेयर सरावगीमा काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी गत सोमबार काठमाडौं आएका थिए । बिहिबार सरावगीले आफ्नो फेसबुकमा लेखेका छन् ‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्ने छु ।’


प्रतिक्रिया दिनुहोस्