नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न उपसमिति गठन

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : ५३


प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो।

उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश रसाइली, अमृता अग्रहरि र सरिता देवी गिरी सदस्य हुनुहुन्छ । समितिलाई नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७६ अनुसार केही नेटवर्किङ व्यवसायलाई अनुमति दिएको छ।

नेटवर्किङ व्यवसायका कानूनी हैसियतका बारेमा प्रश्न उठेपछि समितिले वास्तविकता पत्ता लगाउन उपसमित गठन गरेको हो । नेटवर्किङ व्यवसायको नाममा फेरि पनि उपभोक्ता ठगिन सक्ने सम्भावना बढेको सरोकारवालाले जिकिर गरेका छन्।


प्रतिक्रिया दिनुहोस्