नेपालीमाथि कुेवत जान-आउन प्रतिबन्ध

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : २६


कुवेत सिटी । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्येको एक कुवेतले तत्कालका लागि आवत-जावतमा प्रतिबन्ध लगाएको छ।

अगस्ट १ तारिख देखि लागू हुनेगरि कुवेतले ७ देशका नागरिकमाथि आवत-जावतमा प्रतिबन्ध लगाएको अरब न्यूजले जनाएको छ।

कुवेतले अगस्ट १ (साउन १७) बाट आफ्नो अन्तर्राष्ट्रिय उडान खुला गर्दै छ।

तर, नेपाल सहित ७ देशका नागरिक त्यहाँ जान आउन पाउने छैनन।

कुवेतको नागरिक उड्डयन (कुवेत सिभिल एभिएसन)ले एक सूचना जारी गर्दै नेपाल सहित भारत, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, श्रीलंका र इरानका नागरिकलाई कुवेत वा त्यहाँ हुदै जान वा आउन रोक लगाएको जनाएको।

कुवेतले स्वदेश फर्कन बाहेक कोरोना भाइरस नियन्त्रणका लागि भन्दै मार्चको सुरुमा सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो।

कुेवतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार नाघेको छ भने ४४४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ५६४६७ जना निको भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्