आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (नामसहित)

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ५ : १२


काठमाडौं । नेपालमा थप २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ६ हजार ३ सय ४ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप २ सय ७४ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । कोरोनाका कारण हालसम्म देशभर गरी ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरी २ सय २७ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ ।

हाल देशभर गरी ५ हजार २ सय २७ जना संक्रिय संक्रमित रहेका प्रवक्ता गौतमले जानकारी दिए । यस्तै, देशभरका विभिन्न ठाउँमा गरी १३ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

सरकारले हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरिएको जनाएको छ ।

कहाँ कति थपिए ?

तल उल्लेखित स‌ंख्यालाई जिल्ला अनुसार राखिएको छ । कुनै जिल्लाको नाम दोहोरिएको वा एक ठाउँभन्दा धेरै स्थानमा भएमा ति संख्या फरक फरक प्रयोगशाला परीक्षणका क्रममा पोजेटिभ देखिएकाको संख्या हो । त्यसैले एकै जिल्लाको धेरै स्थानमा नाम र स‌ख्या भएको खण्डमा त्यसलाई जोड्नु होला ।

सुनसरी २ जना

झापा ४

उदयपुर २

सर्लाही २

मोरङ २

धनुषा १४

महोत्तरी ४

बारा ११

पर्सा ४७

नवलपरासी १

भक्तपुर २

काठमाडौं ४१

ललितपुर २

चितवन १

दोलखा १

गोरखा १

महोत्तरी १

रौतहट २

सप्तरी २

नवलपरासी पूर्व ६

अर्घाखाची १

कपिलवस्तु १

प्यूठान २

बारा १

दाङ १

धादिङ ४

खोटाङ १

नुवाकोट २

पर्सा १

सर्लाही २

स्याङजा १

महोत्तरी १

पर्सा १

लमजुङ १

कास्की ३

बागलुङ ६

लमजुङ २

तनहु ३

स्याङजा ११

बाँके २०

बर्दिया ८

दाङ २

कञ्चनपुर १

प्यूठान १

सर्लाही १

सुर्खेत ९

रुपन्देही १

मुगु १

सल्यान ३

दैलेख १०

जाजरकोट १

डडेल्धुरा २

दार्चुला १

कैलाली ५

कञ्चनपुर १


प्रतिक्रिया दिनुहोस्