चीनसँगको सीमामा भारतले ३५ हजार सैनिक थप्दै

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : ५५


काठमाडौं । भारतले चीनसँगको सीमामा ३५ हजार सैनिक थप गर्ने भएको छ।

हालै पूर्वी लद्दाख स्थित गल्वान भ्यालीमा दूई देशका सैनिकबीच झडप भएपछि भारतले आफ्ना सैनिक बढाउने निर्णय गरेको हो।

उक्त झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो।

त्यसयता दुवै देशले सीमामा सैनिक संख्या र हतियारमा वृद्धि गरेका छन्।

भारतले फ्रान्ससँग किनेका ५ वटा राफेल लडाकु विमान बुधबार मात्र हरियाणा आइपुगेका छन्।

आधुनिक लडाकु विमान भारत आइपुगेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको भूगोलमाथि आँखा लगाउनेहरु अब चिन्तित हुनुपर्ने बताएका थिए।

सीमामा सैनिक थप्ने पछिल्लो निर्णयले भारतको रक्षा खर्च पनि वृद्धि हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्