नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्दा पैसा लिने सरकारको निर्णय

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : १५


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत पैसा तिर्नुपर्ने भएको छ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले सडकखण्ड प्रयोग गरेवापत रकम लिने निर्णय भएको जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको शुल्क लिने निर्णय गरेको डा खतिवडाले जानकारी दिए।

‘नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ डा खतिवडाले भने ।


प्रतिक्रिया दिनुहोस्